नेवाद्वारा खानेपानी पहुँच विस्तार
म्याग्दी | साउन २६, २०८१
म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरुबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन् ।
कुल रु. पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।
नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ ।
मालिका गाउँपालिका–२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिनुभयो ।
मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ ।
धवलागिरी गाउँपालिका–२ को लमसुङ र वडा नं. ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ ।
मंगला – १ खानीगाउँमा ३७, वडा नं. २ खुम्लीया, ¥यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राबिधिक गोर्खबहादुर शाहीले बताउनुभयो ।
नेवाले रु. दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ र स्थानीय तहहरुले रु. एक करोड २५ लाख ९३ हजार २३ लगानी गरेका छन् ।
रु एक करोड ४८ लाख ६६ हजार चार सय ४० बराबरको श्रमदान गरेका उपभोक्ताहरुले रु. २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ ।
हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको बताउनुभयो ।
व्यवस्थित रुपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

